प्रतितोला ६०० ले घट्यो सुनको मूल्य
काठमाडाैं, असार १ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ। पहेँलो...
काठमाडाैं, असार १ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले घटेर रु ९६ हजार ५०० मा आएको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार १०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ६०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: ११:५२ बजे, बुधबार, असार १, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











