Kathmandu Press

बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

तनहुँ, असार १ : मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ ।...
बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध
Hardik ivf

तनहुँ, असार १ : मङ्गलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।

बाढीले पुलमा क्षति पु¥याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा  अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए। बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ।

गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पु¥याएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो। 

प्रकाशित मिति: १०:४६ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्