Kathmandu Press

जुम्लाको डुङ्ग्री गाउँका महिलालाई स्वास्थ्य सेवा प्रदान

जुम्ला, असार १ : जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले तिला गाउँपालिका–५ डुङ्ग्रीमै पुगेर महिलालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । कार्यालयले त्यहाँका ७३ महिलाको पाठेघरको...
जुम्लाको डुङ्ग्री गाउँका महिलालाई स्वास्थ्य सेवा प्रदान

जुम्ला, असार १ : जिल्ला स्वास्थ्य कार्यालय जुम्लाले तिला गाउँपालिका–५ डुङ्ग्रीमै पुगेर महिलालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । कार्यालयले त्यहाँका ७३ महिलाको पाठेघरको जाँच गरेको छ।

मङ्गलबार ४६ परिवार भएको डुङ्ग्रीमै पुगेर स्वास्थ्य कार्यालयले स्क्रिनिङ शिविर सञ्चालन गरेको हो। कर्णाली राजमार्गबाट करिब तीन घण्टाको उकालो काटेर पुगिने उक्त गाउँका महिलाको स्वास्थ्य जाँच गरिएको कार्यालयका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीले जानकारी दिए।

Hardik ivf

‘स्वास्थ्यचौकी कुडारीमा हुँदा सामान्य परीक्षण गर्न महिलालाई सहज छैन । दिनभर समय लाग्छ,’ उनले भने, ‘पाठेघरका समस्या भएका महिला हिँड्न कठिन भएकाले उपचार गर्न नसकेको अवस्था थियो ।’ उक्त गाउँका बासिन्दाले स्वास्थ्य शिविरको माग गर्दैआएका थिए । शाहीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल अधिकृत डा तिब्विनकुमार सिवाकोटीको सहयोगमा कार्यालयका स्वास्थ्यकर्मीसहितको टोली त्यहाँ पुगेको थियो। 

प्रतिष्ठानका डा सिवाकोटीले पाठेघरको मुखको क्यान्सर र अब्सटेट्रिक फिष्टुलाको स्क्रिनिङ गरिएको बताए। आङ खस्ने, पिसाब चुहिने, पेट, ढाड दुख्ने, रगत बग्नेलगायत समस्या देखिएको डा सिवाकोटीले बताए। मातृशिशु संयोजक शाहीका अनुसार शिविरमा ६ जनाको पाठेघरमा रिङ राखिएको छ भने २३ जनालाई आवश्यक औषधि र परामर्श प्रदान गरिएको थियो।  

प्रकाशित मिति: १०:३४ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्