Kathmandu Press

अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन 

संखुवासभा, असार १ : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन।  मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत...
अरुण तेस्रो मजदुर मृत्यु प्रकरण : परिवारले शव बुझ्न मानेन 

संखुवासभा, असार १ : सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो आयोजनामा ज्यान गुमाएका मजदुरको परिवारले शव बुझ्न मानेको छैन।  

मकालु गाउँपालिका–५ फ्याक्सिन्दामा कार्यरत मजदुर कैलालीको लम्कीचुवा नगरपालिका–३ चिसापानीका ५० वर्षीय अमरबहादुर महतरा गत शनिबार मृत फेला परेका थिए । उनको मृत्यु रहस्यमय भएको भन्दै आफन्तले चार दिन बितिसक्दा पनि शव बुझ्न मानेका छैनन्। कैलालीबाट उनकी श्रीमती कमला सङ्खुवासभा आइपुगेकी छिन् । महतराको शव जिल्ला अस्पतालमा राखिएको छ । ‘घट्नाको सत्यतथ्य छानविन हुनुपर्छ,’ कमलाले भनिन्।  

महतरा गत जेठ १२ गते अरुण तेस्रोमा काम गर्न सङ्खुवासभा आएका थिए । अरुण तेस्रोले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महतरा परिवारको माग छ। उनकी श्रीमतीले जिल्ला प्रहरी र प्रशासन कार्यालयमा घटनाको छानविनका लागि माग गरेकी छिन्। 

मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिलाउन प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज कोइरालाले जानकारी दिए। अरुण तेस्रोमा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन्। 

प्रकाशित मिति: १०:३० बजे, बुधबार, असार १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्