Kathmandu Press

बर्दिया जिससमा कांग्रेसको प्यानल निर्विरोध

बर्दिया, असार १ : बर्दिया जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल नै निर्विरोध निर्वाचित भएको छ।जिसस प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट...
बर्दिया जिससमा कांग्रेसको प्यानल निर्विरोध

बर्दिया, असार १ : बर्दिया जिल्ला समन्वय समितिमा नेपाली कांग्रेसको प्यानल नै निर्विरोध निर्वाचित भएको छ।

जिसस प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित भएका हुन्। जिसस उपप्रमुख र सात सदस्यमा पनि कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।

Hardik ivf

जिसस उपप्रमुखमा अमिताकुमारी यादव तथा सदस्यमा विनय राजभण्डारी, तीर्थप्रसाद जैसी, पुरैलाल थारू, सुनिता नेपाली, छवि भाट, विमला थारू र खगिसरा कामी विक निर्विरोध निर्वाचित भएका छन्।

आठ स्थानीय तह रहेको बर्दियामा पाँचमा कांग्रेस विजयी भएको थियो। गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र गेरुवा गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा कांग्रेस विजयी भएको थियो।

राजापुर नगरपालिकाको प्रमुख–उपप्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको थियो। बाँसगढी नगरपालिकाको प्रमुख–उपप्रमुख, ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) विजयी भएको थियो। (रासस)

प्रकाशित मिति: ०८:०३ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्