Kathmandu Press

एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षको प्रतिवेदनमाथि छलफल

काठमाडौं, असार १ : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १२औं बैठकमा आज अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने भएको छ।अध्यक्ष नेपालले मंगलबार...
एकीकृत समाजवादीको बैठकमा आज अध्यक्षको प्रतिवेदनमाथि छलफल

काठमाडौं, असार १ : नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको १२औं बैठकमा आज अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने भएको छ।

अध्यक्ष नेपालले मंगलबार स्थायी कमिटीको बैठकमा स्थानीय तह निर्वाचन, २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमाथि आज छलफल हुने भएको हो। त्यसका लागि बिहान ११ बैठक बस्दै छ।  

यसअघि मंगलबार केन्द्रीय कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षाका साथै सातवटै प्रदेशबाट प्रदेश इञ्चार्जले आ–आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गरेको महासचिव डा. बेदुराम भुसालले बताए।

रिपोर्ट प्रस्तुत गर्नेमा प्रदेश १ का घनेन्द्र बस्नेत, मधेश प्रदेशका रामचन्द्र यादव, बागमती प्रदेशका सावित्रा भुसाल, गण्डकी प्रदेशका केशवलाल श्रेष्ठ, लुम्बिनी प्रदेशका भागवत विश्वासी, कर्णाली प्रदेशका प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशकी मदनकुमारी (गरिमा) शाह रहेका थिए।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्बोधन गरेको बैठकमा पार्टी उपमहासचिव डा. विजय पौडेलको पूर्ण स्वास्थ्य लाभको कामना गरिएको थियो।

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, असार १, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्