Kathmandu Press

कोटेश्वरको नरेफाटमा साथीमार्टको १०३ औँ नयाँ आउटलेट 

कोटेश्वरको नरेफाटमा साथीमार्टको १०३ औँ नयाँ आउटलेट 

काठमाडौं, जेठ ३१ : साथीमार्टको नयाँ आउटलेट नरेफाट, कोटेश्वर–३२ मा सञ्चालनमा आएको छ । 

नेपालकै ठूलो रिटेल चेन तथा ओटुओ (अफलाइन टु अनलाइन) ले परिचित साथीमार्टको १०३ औँ नयाँ आउटलेट नरेफाटमा सञ्चालनमा आएको हो । विगतमा बैंकिङ क्षेत्रमा आवद्ध रहेकी रितु शाक्य र चान्सर प्रिन्टरकी सञ्चालक लक्ष्मी बाडे श्रेष्ठले फेन्चाइज लिएर मार्ट सुरु गर्न लागेका हुन् । 

फ्रेन्चाइज घनी रितु शाक्यका अभिभावक सिद्धिरत्न शाक्य, धर्मराज देउजा र मना देउजाले मार्टको उद्घाटन गरे । मार्टको सुरुवाती दिनदेखि नै निशुल्क होम डेलिभरी दिने योजना रहेको छ । ६ सय पचास वर्गफिटको आउटलेटमा ग्रोसरी, कस्मेटिक, होमकेयर, बेबिकेयर, किचन वयर, लिकर, गिफ्ट लगायतका सामान उपलब्ध हुनेछन् । 

साथीमार्ट ओ टु ओ मार्ट भएकाले उपभोक्ताले साथीमार्टको मोबाइल एप वा आधिकारिक वेबसाइट www.saathimart.com मा आफूलाई आवश्यक सामान रोजेर अर्डर गरी घरैमा डेलिभरी मगाउन सक्नेछन्।

प्रकाशित मिति: २०:३४ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्