Kathmandu Press

वन उपभोक्ता समूहका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ ३१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित तीनजनाले भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।आयोगले विशेष...
वन उपभोक्ता समूहका अध्यक्षसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ ३१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित तीनजनाले भ्रष्टाचार गरेको अभियोगमा आरोपपत्र दायर गरेको छ ।

आयोगले विशेष अदालत काठमाडौंँमा बर्दिया, राजापुर नगरपालिका–७ स्थित भालुफाँटा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लाहानु थारु, तत्कालीन सचिव सोहन प्यारी थारु र तत्कालीन कोषाध्यक्ष राधेश्याम थारुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उपभोक्ता समूहले गैह्रकाष्ठ वन पैदावार सङ्कलन भई टेण्डर प्रक्रिया बमोजिम सुरुची ट्रेड एण्ड सप्लायर्स मगरागाडी–२ बर्दियालाई लिलाम बिक्री गर्ने क्रममा अनियमितता गरेको अयोगको अनुसन्धानले देखाएको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तीनजनाले २ लाख ७८ हजार ८४ रुपियाँ भ्रष्टाचार गरेको पुष्टि भएको छ ।  

प्रकाशित मिति: १९:३० बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्