Kathmandu Press

स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारमा प्रहरीमा जाहेरी

काठमाडौं, जेठ ३१ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरूद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। मंगलबार अपरान्ह मीना भण्डारी बस्नेतले अभद्र...
स्वास्थ्य राज्यमन्त्री वलीविरुद्ध अभद्र व्यवहारमा प्रहरीमा जाहेरी

काठमाडौं, जेठ ३१ : लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरूद्ध ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको छ। मंगलबार अपरान्ह मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा राज्यमन्त्री वलीविरुद्ध जाहेरी दिएकी हुन।

जाहेरीमा उनले आफूलाई मिनाले बेडरूममै गएर कुटपिट गरेको बताएकी छिन्। प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान ८ः४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको बताएकी छिन्।

त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरून्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनको भनाइ छ।

त्यस क्रममा आफ्नो कपाल लुछेर  आक्रमण गरेको मिनाले जाहेरीमा उल्लेख गरेकी छिन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाईसमेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन्।

दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरूद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन।

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्