Kathmandu Press

भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना सार्वजनिक

भारतद्वारा ४५ हजार युवालाई सैन्यसेवामा लगाउने योजना सार्वजनिक

नयाँ दिल्ली, जेठ ३१ : भारत सरकारले निवृत्तिभरण र तलब कटौती गर्ने उद्देश्यले सशस्त्र बलहरूको नयाँ भर्ती योजना सार्वजनिक गरेको छ। अग्निपथ नामकरण गरिएको उक्त योजनाले स्थलसेना, जलसेना र वायुसेनामा छोटो अवधिको अनुबन्धनका आधारमा सैनिक भर्ती गर्ने लक्ष्य लिएको छ। 

रक्षामन्त्री राजनाथ सिंहले घोषणा गरेको यो योजनाअन्तर्गत साढे १५ वर्षदेखि २१ वर्ष उमेर समूहका करिब ४५ हजार युवालाई चारवर्षे कार्यकाल तोकेर सेवामा लगाइनेछ। 

चारवर्ष पछि ती सैनिकमध्ये २५ प्रतिशतलाई मात्र सेवामा निरन्तरता दिइने छ। उनीहरू नियमित क्याडरका रूपमा भर्ती हुनेछन्। त्यसरी भर्ती भएकाहरू १५ वर्षसम्म सेवामा रहने छन् तर उनीहरू सैनिक अधिकृतभन्दा तलको तहमा मात्र रहने छन्। 

प्रकाशित मिति: १८:४७ बजे, मंगलबार, जेठ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्