Kathmandu Press

पूर्वी चीनको जियाङ्सी प्रान्तमा मुसलधारे वर्षाले ८० हजारभन्दा बढी प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तमा मुसलधारे वर्षाले ८० हजारभन्दा बढी प्रभावित

नानचाङ, जेठ ३१ : पूर्वी चीनको जियाङ्सी प्रान्तमा परेको अविरल वर्षाले ८० हजारभन्दा बढी सर्वसाधारण प्रभावित भएका छन्। आइतबारदेखि परेको झरिले चार हजार दुई सय हेक्टर जमिनमा लगाइको बालीमा पूर्णरूपले क्षति भएको अधिकारीहरूले बताएका छन्। 

स्थानीय अधिकारीहरूका अनुसार बाढी नियन्त्रणका लागि आपत्कालीन प्रक्रिया प्रारम्भ गरिएको छभने उद्धारका काम पनि द्रुत गतिमा भइरहेका छन्। हालसम्म छ हजार नौसय ९० जनालाई सुरक्षित स्थानमा स्थानन्तरण गरिसकिएको छ। आगामी सातासम्म जियाङ्सी प्रान्तका केही स्थानमा भारी वर्षा हुने अनुमान मौसम विज्ञान विभागले गरेको छ।

प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, जेठ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्