श्रीलङ्कामा अब हप्तामा तीन दिन सार्वजनिक बिदा , कृषि उत्पादन बढाउन शुक्रवार बिदा थपियो
काठमाडौं, जेठ ३१ : श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा...
काठमाडौं, जेठ ३१ : श्रीलङ्काले कृषि प्रवर्द्धनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसअघि हप्ताको शनिवार र आइतवार सार्वजनिक बिदा दिँदै आएको श्रीलङ्काले अब हप्ताको तीन दिन बिदा दिन लागेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो ।
मन्त्रिपरिषद् बैठकले सरकारी कर्मचारीलाई कृषि कर्ममा प्रोत्साहन गरी देशको कृषि उत्पादन बढाउनका लागि शुक्रवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
यस्तै सरकारले वैदेशिक रोजगारीमा जान चाहने सरकारी कर्मचारीलाई पाँच वर्षसम्म बेतलबी बिदा दिने निर्णय पनि गरेको छ ।
खाद्य अभाव टार्नको लागि श्रीलङ्काले यसअघि नै वृक्षरोपण कम्पनीहरूको स्वामित्वमा रहेका र प्रयोगमा नरहेका सबै जग्गामा खेती गर्ने निर्णय गरिसकेको छ ।
प्रकाशित मिति: १८:४१ बजे, मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











