Kathmandu Press

चितवनमा सवारी दुर्घटनामा परी एकको मृत्युु, दुई घाइते

चितवन, जेठ ३१ : जिल्लाको कालिका नगरपालिका–५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते...
चितवनमा सवारी दुर्घटनामा परी एकको मृत्युु, दुई घाइते
Hardik ivf

चितवन, जेठ ३१ : जिल्लाको कालिका नगरपालिका–५ सिमाचोकमा मोटरसाइकल र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

भरतपुरबाट पदमपुरतर्फ जाँदै गरेको ना३९प २९७१ नम्बरको मोटरसाइकल र गढुवाचोकबाट पदमपुर सामुदायिक वनतर्फ आउँदै गरेको प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर आज दिउँसो एकापसमा ठक्कर खाएर दुर्घटना भएको हो।
 
ठक्कर खाँदा मोटरसाइकलमा सवार कालिका नगरपालिका–९ का ५० वर्षीय बलबहादुर तामाङको मृत्युु भएको हो। उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
 
कार्यालयका अनुसार मोटरसाइकल चालक स्थानीय ४० वर्षीय प्रदीपकुमार श्रेष्ठ, स्कुटर पछाडि सवार कालिका नगरपालिका–३ का ६९ वर्षीय सुकबहादुर तामाङ मध्यम घाइते भएका छन। स्कुटर चालक सुकबहादुरका छोरा ३६ वर्षीय विजमान तामाङ सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १८:२२ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्