Kathmandu Press

१२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ३१ : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा...
१२ जनामा कोरोना संक्रमण पुष्टि
Hardik ivf

काठमाडौं, जेठ ३१ : नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा ७ जना र ८ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ३३ जना निको भएका छन् । हाल नेपालमा ९३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: १७:३३ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्