Kathmandu Press

सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु  ः राष्ट्रसंघ

संयुक्त राष्ट्र संघ, जेठ ३१ : सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार...
सुडानको डार्फरमा एक हप्तामा १०० को मृत्यु  ः राष्ट्रसंघ

संयुक्त राष्ट्र संघ, जेठ ३१ : सुडानको डार्फरमा पछिल्लो एक हप्तामा झण्डै एक सय मानिस मारिएका छन् ।संयुक्त राष्ट्रसङ्घीय निकायले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सुडानको पश्चिमी डार्फरमा मात्रै उनीहरु मारिएका हुन्।

डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटनाहरु हुदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकायले जनाएको छ ।स्थानीय अरब मिलिसियाले विभिन्न गाउँहरुमा आक्रमण गर्दै आएका छन् । निरन्तर आक्रमणका कारण हजारौँ मानिस विस्थापित पनि भएका छन्।

राष्ट्रसंघीय अधिकारीहरुले हिंसात्मक घटना निरन्तर भइरहेकाले मानवीय क्षति पनि निरन्तर हुदै आएको बताएका छन् । उनीहरुले हिंसा अन्त्य गर्नेगरी तत्काल समस्या समाधानका उपायहरु खोज्न पनि सरोकारवालाहरुलाई आग्रह गरेका छन्। 

जनताको जीवन रक्षाका लागि स्थानीय अगुवा, अधिकारप्राप्त व्यक्तिहरु, सुरक्षाकर्मीलगायत सबैले ध्यान दिनुपर्नेमा पनि उनीहरुले जोड दिएका छन्। डार्फर क्षेत्रमा सन् २००३ देखि गृह युद्ध भइरहेको छ । तत्कालिन राष्ट्रपति ओमर अल बशिर विरुद्ध सुरु भएको द्वन्द्व अहिले पनि चलिरहेको छ । राष्ट्रपति बशिरलाई भने सन् २०१९ को अप्रिलमा अपदस्थ गरिएको थियो ।   

त्यसपछि भएका विभिन्न सहमती तथा सम्झौताहरु पालना नभएकाले द्वन्द्व चलिरहेको हो। 

प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, जेठ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्