Kathmandu Press

भारतमा ६ हजार ५ सय काेराेना सङ्क्रमित थपिए

नयाँ दिल्ली, जेठ ३१ : भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ...
भारतमा ६ हजार ५ सय काेराेना सङ्क्रमित थपिए

नयाँ दिल्ली, जेठ ३१ : भारतमा कोरोना भाइरसबाट थप ६५ सयभन्दा बढी सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा छ हजार ५९४ जना नयाँ सङ्क्रमित भएका हुन् ।

यो सङ्ख्या अघिल्लो दिनको भन्दा १८ प्रतिशत कम भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । अघिल्लो दिन सोमबार सार्वजनिक गरेको विवरणमा आठ हजार ८४ जना नयाँ सङ्क्रमित भएको देखिएको थियो। 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ५० हजार ५४८ रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ। सङ्घीय स्वास्थ्य मन्त्रालयले पछिल्लो एक दिनमा चार हजार ३५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड २६ लाख ६१ हजार ३७० पुगेको छ।

प्रकाशित मिति: १५:०० बजे, मंगलबार, जेठ ३१, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्