Kathmandu Press

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं, जेठ ३१ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ।...
क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं, जेठ ३१ : क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनलाई यो दोस्रो पटक कोरोना भाइरसको सङ्क्रमण भएको जनाइएको छ। प्रधानमन्त्री जस्टिनले सोमबार आफूलाई कोरोना भाइरस सङ्क्रमण भएको र दोस्रो पटक आफूलाई भएको ट्वीटरमार्फत् जानकारी गराए।

उनले आफूलाई कोरोना भाइरसको सङ्क्रमण भए पनि त्यस्तो कुनै स्वास्थ्य समस्या भने नदेखिएको बताएका छन् ।उनले ट्वीटमा लेखेका छन्– मैले कोरोना भाइरसका विरुद्धको सबै मात्रा खोप लगाएको छु, त्यसैले मलाई कुनै असर देखिएको छैन । त्यसैले तपाइँहरु पनि सबैले यो खोप लगाउनुहोला ।

Hardik ivf

गत हप्तामात्र उनले अमेरिकी शहर लस एन्जेलसको भ्रमण गरेका थिए। त्यस क्रममा उनले अमेरिकी राष्ट्रपति जो बाइडेनसहित अरु पनि केही अमेरिकी अधिकारीसँग भेटवार्ता गरेका थिए। 

प्रधानमन्त्री जस्टिनको कार्यालयका अनुसार उहाँ आइतबार अमेरिकाबाट स्वदेश फर्किएका थिए र सोमबार पूर्व निर्धारित बैठकमा सहभागी भएका छन्। उनलाई कुनै पनि स्वास्थ्य समस्या नदेखिएको भए पनि उनी हाल एकान्तमा रहने र केही दिन जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै घरमै एकान्तमा रहेर कार्यालयको काम गर्नेछन्।
 

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्