एक हजार ८०० ले घट्यो सुनको मूल्य
काठमाडौं, जेठ ३१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ...
काठमाडौं, जेठ ३१ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ८०० ले घटेर रु ९७ हजार १०० मा आएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ९००मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९८ हजार ४०० थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर रु एक हजार २४५ कायम रहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: १२:१२ बजे, मंगलबार, जेठ ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











