Kathmandu Press

दीर्घरोगीको सहयोगार्थ स्वास्थ्योपचार कोष स्थापना गरिँदै

इलाम, जेठ ३१ : इलाम नगरपालिकाले दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ स्वास्थ्योपचार कोष स्थापना गर्ने भएको छ।यसका लागि कोषमा निर्वाचित...
दीर्घरोगीको सहयोगार्थ स्वास्थ्योपचार कोष स्थापना गरिँदै

इलाम, जेठ ३१ : इलाम नगरपालिकाले दीर्घरोगी तथा कडा रोग भएका बिरामीको उपचार सहयोगार्थ स्वास्थ्योपचार कोष स्थापना गर्ने भएको छ।

यसका लागि कोषमा निर्वाचित नगरप्रमुखको तर्फबाट मासिक तीन हजार, उपप्रमुखबाट मासिक दुई हजार र कार्यपालिका सदस्यबाट मासिक एक हजार जम्मा गरिने जनाइएको छ।

Hardik ivf

कोषमा नगरप्रमुख, उपप्रमुख र कार्यपालिका सदस्यबाट पाउने सेवा–सुविधाबाट नै कटाएर जम्मा गर्ने निर्णय भएको नगरप्रमुख केदार थापाले बताए।

उनले इलाम नगरपालिकामा यस्ता बिरामीको सङ्ख्या बढ्दै गएको र कतिले अझै पनि आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या भएको जनाउँदै सहयोगका लागि कोष स्थापना गर्ने निर्णय भएको बताए।

कोष खडा गरी प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको दस्तखतबाट खाता सञ्चालन गरिने नगरपालिकाका प्रवक्ता नुतनदेव दुलालले बताए। उनले नगर कार्यपालिकाको बैठकले विभिन्न निर्णयसमेत गरेको जानकारी दिए।

यससँगै नगरपालिकाले पाँचवटा विषयगत समितिसमेत निर्माण गरेको छ। इलाम नगरपालिका, विषयगत समिति कार्यसञ्चालन कार्यविधि, २०७८ को दफा ३ (१) बमोजिम समितिको संयोजक र सदस्य चयन गरिएको बताइएको छ।

 

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्