Kathmandu Press

ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

विर्तामोड, जेठ ३१ : झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१...
ट्र्याक्टरको ठक्करबाट बालकको मृत्यु

विर्तामोड, जेठ ३१ : झापाको गौरादहमा ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।

गौरादह–१ स्थित सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ त ७४३१ नंको ट्र्याक्टरले स्थानीय ९ वर्षीय गौरव अधिकारीलाई ठक्कर दिएको हो।

ट्रयाक्टरको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए। उनलाई दमक अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ठक्कर दिने सवारी चालक झापाको कमल गाउँपालिका–१ का २६ वर्षीय विनोद चौधरीलाई गौरादह प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: ०६:४९ बजे, मंगलबार, जेठ ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्