Kathmandu Press

मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु

मकवानपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु
Hardik ivf

मकवानपुर, जेठ ३० : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१५ स्थित सडकखण्डमा यात्रुबाहक बसको ठक्करबाट अटो चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

हेटौँडाबाट पतलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको ना २ अ ६४ नं को अटोलाई ठक्कर दिँदा बाराको रतनपुर घर भएका २६ वर्षीय मिलन सुनारको आज मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते हुनुभएका सुनारको हेटौँडाको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यसैगगरी अटोमा सवार हेटौँडा–१२ का ३५ वर्षीय सुवास सुनार घाइते भएको र उनको उपचार भइरहेको छ। अटोलाई ठक्कर दिने बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रकाशित मिति: १९:११ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्