कांग्रेसमा सैद्धान्तिक र बैचारिक पक्षको प्रचार आवश्यक : धनराज गुरुङ
काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले युवाहरुको सैद्धान्तिक, बैचारिक र व्यवहारिक सक्रियताको सम्मान गर्नुपर्ने औंल्याएका छन् । सोमबार पार्टी कार्यालय...
काठमाडौं, जेठ ३० : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले युवाहरुको सैद्धान्तिक, बैचारिक र व्यवहारिक सक्रियताको सम्मान गर्नुपर्ने औंल्याएका छन् ।
सोमबार पार्टी कार्यालय सानेपामा कांग्रेसका युवा नेता तथा लेखक लाओस राईको पुस्तक ‘गति, शक्ति र युवा’को बारेमा चर्चा गर्दै युवाहरुको सिर्जनशिलतालाई देश र पार्टीले उचित सम्मान गर्नुपर्ने बताएका हुन् ।
‘युवाहरुले नेपाली कांग्रेसको बैचारिक र सैद्धान्तिक कुरालाई दुरदराजसम्म प्रचार गर्नुपर्छ । लोकतन्त्रलाई बचाउन र कांग्रेसको बैचारिक तथा सैद्धान्तिक कुरालाई बामपन्थीहरुले घेराबन्दीमा पारेर कुप्रचार गरिरहेको बेला युवाहरुले भूमिका निर्वाह गर्न सक्नुपर्छ,’ उपसभापति गुरुङले भने,‘लोकतन्त्र बचाउन कांग्रेसको सैद्धान्तिक र बैचारिक पक्षको प्रचार आवश्यक छ ।’
बाहिरी देखेर मात्र युवाको मूल्याकंन गर्न नहुने भन्दै गुरुङले लाओस राई जस्ता सयौं युवाहरुलाई पार्टीले उचित अवसर दिएर व्यवस्थापन गर्नुपर्ने बताए । ‘मान्छे जे देखिन्छ त्यस्तो नहुने रहेछ । अनाकन्टारमा लुकेको सिर्जना र प्रतिभा हरेक युवामा हुने रहेछ । त्यसको पहिचान हुनुपर्छ’, उनले भने ।
आफ्नो दोस्रो पुस्तक प्रकाशनको तयारीमा रहेका राई कांग्रेस ललितपुरका जिल्ला सदस्य सानुबाबु महर्जन, विद्यार्थी नेताहरु विनय सापकोटा र केशव पोखरेल पार्टी कार्यालय पुगेका थिए । नेविसंघका पूर्वकेन्द्रीय सदस्य तथा पाटन क्याम्पसका पूर्व स्ववीयू सभापति समेत रहेका राई तरुण दलको केन्द्रीय पदाधिकारीका लागि दौडमा समेत छन् ।












