Kathmandu Press

भरुवा बन्दुक सहित एकजना पक्राउ

काठमाडौं, जेठ ३० : बाँके राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीअर्जुनबाण गण र निकुञ्‍ज प्रशासन कार्यालय बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले...
भरुवा बन्दुक सहित एकजना पक्राउ

काठमाडौं, जेठ ३० : बाँके राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्रीअर्जुनबाण गण र निकुञ्‍ज प्रशासन कार्यालय बाँकेका कर्मचारीसहित खटिएको संयुक्त पट्रोल टोलीले जेठ २७ गते एक नाल भरुवा बन्दुकसहित बलबहादुर पल्ली मगरलाई पक्राउ गरेको छ । 

शंस्कास्पद रुपमा हिंडिरहेको अवस्थामा बाँके जिल्ला कोहलपुर नगरपालिका वडानं १३ सिम्री बस्ने बर्ष ५४ का मगरलाई सोधपुछ गर्ने क्रममा निजले निकुञ्‍जस्थित बैनी मध्यवर्ती क्षेत्रमा रुखको टोड्कामा लुकाई राखेको अवस्थामा भरुवा बन्दुक फेला परेको थियो । 

निजबाट बरामत गरिएको हतियार आवश्यक कारवाहीको लागि बाँके राष्ट्रिय निकुञ्‍ज कार्यालयमा बुझाईएको हो । 

प्रकाशित मिति: १८:४९ बजे, सोमबार, जेठ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्