आगलागीबाट जलेर २ जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, जेठ ३० : गोरखाको चुननुव्री गाउँपालिका बस्ने २१ वर्षीया ओरगेन छोडेनको आगलागीबाट जलेर आइतबार मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा...
काठमाडौं, जेठ ३० : गोरखाको चुननुव्री गाउँपालिका बस्ने २१ वर्षीया ओरगेन छोडेनको आगलागीबाट जलेर आइतबार मृत्यु भएको छ ।
आफ्नै घरमा खाना पकाउने क्रममा मेसिनमा प्रयोग गर्नको लागिराखिएको पेट्रोलमा आगो लागेर जल्दा गम्भीर घाइते भएकी उनको स्थानिय अस्पताल हुँदै काठमाडौँ कीर्तिपुर नगरपालिका २ देबढोकास्थित कीर्तिपुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै दोलखाको शैलुङ गाउँपालिका १ ठाडे बस्ने ८५ वर्षीया निब कुमारी मगरको घरको कोठामा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा धुवाँले निसासिएर मगरको मृत्यु भएको छ । सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–७ जमखोर बस्ने उत्तर बहादुर श्रेष्ठको घरमा करेन्ट सर्ट भई आइतबार राति आगलागी हुँदा घर जलेर करिब ७ लाख ६० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यता, भोजपुरको हतुवागढी गाउँपालिका ८ खुकैला बस्ने ७० वर्षीय गलधोज राईको घरमा भान्सा कोठाको चुलोबाट सोमबार बिहान आगलागी हुँदा घर, काठपात, लत्ताकपडा, अन्नपात्त, भाँडावर्तन, सोलार प्यानल र ब्याट्र र चाँदी २ तोला समेत गरी करिब ८ लाख २३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












