Kathmandu Press

थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ३० : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको २ हजार ८६ पिसिआर परिक्षणका क्रममा ९ जना र...
थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, जेठ ३० : नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ८६ पिसिआर परिक्षणका क्रममा ९ जना र १ हजार १ सय २५ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Hardik ivf

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

त्यस्तै थप १३ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय १७ जना निको भएका छन्।

हाल नेपालमा १ सय २ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।

 

प्रकाशित मिति: १७:०१ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्