Kathmandu Press

आन्ध्र प्रदेशमा बस पल्टिँदा पाँचजनाको मृत्यु

नयाँ दिल्ली, जेठ ३० : भारतकाे आन्ध्र प्रदेशस्थित अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँचजनाको मृत्यु...
आन्ध्र प्रदेशमा बस पल्टिँदा पाँचजनाको मृत्यु

नयाँ दिल्ली, जेठ ३० : भारतकाे आन्ध्र प्रदेशस्थित अल्लुरी सीताराम राजु जिल्लामा सोमबार यात्रु बोकेको एक निजी बस पल्टिँदा तीन बालबालिकासहित पाँचजनाको मृत्यु भएको छ।

यो दुर्घटना सोमबार बिहान चिन्तुरको एडुगुराल्लापल्लीमा भएको हो। सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार घटनाका बेला बसमा ४० यात्रु सवार थिए।

घटनामा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। घाइतेहरुलाई भद्रचलम एरिया अस्पतालमा लगिएको छ।

मृत्यु हुनेमा २४ वर्षीय धनेश्वर दलपती, ५ वर्षीय जितु हरिजन र २ वर्षीय सुनेना हरिजनको परिचय खुलेको बताइएको छ। घाइतेहरुको पहिचान ओडिशा निवासी भएका बताइएको छ।

प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ। बस दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको र थप विवरणहरू आउन बाँकी रहेको बताइएको छ। 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, जेठ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्