Kathmandu Press

एमसिसीको विरोध गर्दै एमसिएको कार्यालयअगाडि प्रदर्शन

काठमाडाैं, जेठ ३० : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसिसीको विरोध गर्दै नेपालस्थित एमसिएको कार्यालयअगाडि प्रदर्शन गरेको छ। एमसीसी राष्ट्रघाती भएको भन्दै नेकपाले शान्तिबाटिकाबाट जुलुससहित...
एमसिसीको विरोध गर्दै एमसिएको कार्यालयअगाडि प्रदर्शन

काठमाडाैं, जेठ ३० : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसिसीको विरोध गर्दै नेपालस्थित एमसिएको कार्यालयअगाडि प्रदर्शन गरेको छ। 

एमसीसी राष्ट्रघाती भएको भन्दै नेकपाले शान्तिबाटिकाबाट जुलुससहित कमलादी पुगेर एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीहरुले एमसीसी चाहिदैन, गो व्याक एमसीसी लगाएतका नारा लगाएका थिए। प्रदर्शनमा नेकपाका केन्द्रीय सदस्य माइला लामाले नेपालमा एमसीसी अघि बढेपछि अमेरिकाको हस्तक्षेप बढेको आरोप लगाए।

उनले विभिन्न बहानामा अहिले पनि सरकारले अमेरिकासँग सैन्यसम्बन्धी सम्झौता गर्न लागेको आशंका व्यक्त गरे।

नेकपाले अमेरिकी हस्तक्षेप स्वीकार्य नहुने भन्दै नेपाललाई युक्रेन बन्न नदिने जनाएको छ।

प्रकाशित मिति: १५:५४ बजे, सोमबार, जेठ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्