चीनमा राष्ट्रिय ऊर्जा बचत सप्ताह
बेइजिङ, जेठ ३० : चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा वचन सप्ताह सुरु भएको छ।उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन...
बेइजिङ, जेठ ३० : चीनमा सोमबारदेखि राष्ट्रिय उर्जा वचन सप्ताह सुरु भएको छ।
उर्जाको महत्व, आवश्यकता, अवस्था र वचत गर्नुपर्ने कारणहरुका बारेमा जानकारी दिन वार्षिक कार्यक्रम स्वरुप उर्जा सप्ताह सुरु गरिएको हो।
राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ।कोरोना भइरहेको महामारीका कारण यस बर्ष पनि यस अभियान अनलाइन माध्यमबाट बढी हुने भएको छ।
चीनमा अहिले पनि कोरोना भाइरसको महामारी चलिरहेको छ। त्यसैले कतिपय प्रतिवन्धात्मक व्यवस्था अझै पनि कायमै रहेको छ।
सप्ताहको क्रममा उर्जा सम्वन्धी प्रदर्शनी र नयाँ नयाँ प्रविधि तथा उपायहरुका बारेमा जानकारी पनि अनलाइनबाटै गराइने भएको छ।
जुन १३ देखि सुरु भएको उर्जा वचन सप्ताह जुन १९ सम्म चल्ने छ। चीनमा सन् १९९१ देखि हरेक बर्ष उर्जा सप्ताह हुने गरेको छ।
प्रकाशित मिति: १५:३५ बजे, सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












