Kathmandu Press

पाकिस्तानका पूर्वप्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

पाकिस्तानका पूर्वप्रधानमन्त्रीद्वारा वर्तमान प्रधानमन्त्रीलाई चुनौती

इस्लामाबाद, जेठ ३० : पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन्।

अल्पमतमा परेपछि पूरा कार्यकाल जिम्मेवारी लिन नपाई प्रधानमन्त्री पदबाट बाहिरिएका खानले आफैलाई विस्थापित गरेका वर्तमान प्रधानमन्त्री सरिफलाई चुनौती दिएका हुन्। 

Hardik ivf

पाकिस्तान तेहरिक ए इन्साफ (पिटीआइ) का अध्यक्ष समेत रहनु भएका खानले आगामी निर्वाचनमा पनि आफ्नो पार्टीले नै बहुमत ल्याउने दाबी गरे। अहिले भइरहेको गठवन्धन सरकारमा सहभागी दलहरुले आगामी निर्वाचन जित्नु असम्भव रहेको उनको भनाइ छ। 

आगामी निर्वाचनपछिको नतिजामा गठवन्धनका दलहरु र आफ्नो पार्टीका बीचमा ठूलो अन्तर हुने पनि पूर्व प्रधानमन्त्री खानले दाबी गरे। उनले वर्तमान सरकारको समेत चर्को आलोचना गर्दै आगामी निर्वाचनमा सरकारमा सहभागी सबै दललाई हराउन आम नागरिकलाई अनुरोध पनि गरे।  

सरकारका गलत क्रियाकलापका बारेमा आफ्नो पार्टीले सर्बोच्च अदालतबाट कानुनी उपचार खोज्ने उनले जानकारी दिए।आफुले कोरोना भाइरसको महामारी फैलिएको बेलामा पनि धेरै काम गरेको दाबी गर्दै उनले अहिलेको सरकारले भने जनताको पक्षमा केही काम गर्न नसकेको आरोप लगाए।

प्रकाशित मिति: १५:२७ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्