Kathmandu Press

एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा जारी

काठमाडाैं, जेठ ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा...
एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा जारी

काठमाडाैं, जेठ ३० : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।

पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षालगायत कार्यसूचीमाथि छलफल भइरहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

बैठकमा आगामी कात्तिक–मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेृशसभा निर्वाचन तयारीबारे पनि छलफल हुने जनाइएको छ। 

बैठकको सुरुमै अध्यक्ष ओलीले समसामयिक विषयमा ब्रिफिङ गरेको जनाइएको छ। 

प्रकाशित मिति: १४:५५ बजे, सोमबार, जेठ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्