Kathmandu Press

१४० दिनपछि त्रिवि पदाधिकारी कार्यालय सञ्चालनमा

काठमाडाैं, जेठ ३० : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ।त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला...
१४० दिनपछि त्रिवि पदाधिकारी कार्यालय सञ्चालनमा

काठमाडाैं, जेठ ३० : त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ।

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो। 

Hardik ivf

त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए। 'ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौं,' उनले भने, 'अबदेखि हामी नियमित कार्यालयमा आउँछौं।'

तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिइनन्। उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए।

नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)ले यही जेठ २७ गते र गत शुक्रबार आङ्शिक शिक्षकहरुले जेठ २९ गते ताला खोेलेका थिए। प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए। 

यस्तै अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो।

त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आङ्शिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका थिए। 

प्रकाशित मिति: १४:४० बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्