Kathmandu Press

यमनी नेताद्वारा क्षेत्रीय संगठनहरुलाई सहयाेगकाे आग्रह

साना, जेठ ३० : यमनको प्रोसिडेन्सियल लिडरसिप काउन्सिलका अध्यक्षले यमनलाई सहयोग गर्नका लागि सबै क्षेत्रीय संगठनहरुलाई आग्रह गरेका छन्।प्रोसिडेन्सियल लिडरसिप काउन्सिलका अध्यक्ष रसद...
यमनी नेताद्वारा क्षेत्रीय संगठनहरुलाई सहयाेगकाे आग्रह

साना, जेठ ३० : यमनको प्रोसिडेन्सियल लिडरसिप काउन्सिलका अध्यक्षले यमनलाई सहयोग गर्नका लागि सबै क्षेत्रीय संगठनहरुलाई आग्रह गरेका छन्।

प्रोसिडेन्सियल लिडरसिप काउन्सिलका अध्यक्ष रसद अल अलिमीले सो आग्रह गरेका हुन्।

Hardik ivf

उनले हाल यमनमा जारी रहेको शान्ति वार्तामा सहयोग गरी यहाँ शान्ति स्थापनाका क्षेत्रमा सहयोग गर्न आग्रह गरेको समाचारमा जनाइएको छ।

काउन्सिलका  अध्यक्ष अलिमीले अरब क्षेत्रका क्षेत्रीय संगठनहरु अरब लिग, गल्फ कोअपरेसनलगायतका अन्य पनि क्षेत्रीय संगठनहरुलाई यमनका नागरिकको चाहना बमोजिम यहाँ शान्ति स्थापना गरेर राजनीतिक स्थायित्व दिने काममा सहयोग गर्न आग्रह गर्नुभएको समाचारमा जनाइएको छ।

संयुक्त राष्टसंघीय प्रतिनिधिको समेत संलग्नतामा यहाँको समस्याको राजनीतिक समाधान खोज्नका लागि भन्दै केही समय अघि यहाँ अलिमीको अध्यक्षतामा प्रोसिडेन्सियल लिडरसिप काउन्सिल गठन भएको थियो।

सो काउन्सिलका अध्यक्ष अलिमीले आइतबार इजिप्टको कायरोमा रहेको अरब लिगको मुख्यालयमा सम्बोधन गर्दै शान्तिका लागि सहयोग गर्न सो याचना गरेका हुन्।

उनले यमनमा हिंसा मच्चाइरहेका हुथी विद्रोहीहरुको आलोचना पनि गरे। उनीहरुका कारणले यमनको शान्ति वार्ता भंग हुने पनि उनले बताए।

प्रकाशित मिति: १३:४४ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्