Kathmandu Press

अफगानिस्तानद्वारा साउदी अरेबियाको सहयोगको स्वागत

काठमाडाैं, जेठ ३० : अफगानिस्तानले साउदी अरेबियाको सहयोगको स्वागत गरेको छ।साउदी अरेबियाले हालै अफगानिस्तानलाई ३ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको थियो।सो...
अफगानिस्तानद्वारा साउदी अरेबियाको सहयोगको स्वागत

काठमाडाैं, जेठ ३० : अफगानिस्तानले साउदी अरेबियाको सहयोगको स्वागत गरेको छ।

साउदी अरेबियाले हालै अफगानिस्तानलाई ३ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको थियो।

Hardik ivf

सो सहयोगप्रति अफगानिस्तानको सरकारले स्वागत व्यक्त गरेको हो। अफगानिस्तानको काम चलाउ सरकारको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति प्रकाशन गरी सो सहयोगका लागि धन्यवाद पनि ज्ञापन गरेको छ।

अफगानिस्तानको इस्लामिक विकास बैंकमा साउदी अरेबियाले सो सहयोग उपलब्ध गराएको थियो। उक्त सहयोग अफगानिस्तानलाई उपलब्ध गराइने मानवीय सहायता अन्तर्गत दिइएको साउदी अरेयिबा सरकारले जनाएको छ।

अफगानिस्तानमा हाल तालिबान सरकार छ। यो सरकारलाई मान्यता नदिएकाले पश्चिमा देशहरुबाट अपेक्षित सहयोग आएको छैन। यसैकारण पनि हाल अफगानिस्तान आर्थिक रुपमा कमजोर अवस्थामा पुगेको छ। 

प्रकाशित मिति: १३:४३ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्