Kathmandu Press

राष्ट्रसंघीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

संयुक्त राष्टसंघ, जेठ ३० ; संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ।उनहरुका बीचमा यमनमा विकसित...
राष्ट्रसंघीय महासचिव र इरानी विदेशमन्त्रीबीच फोनवार्ता

संयुक्त राष्टसंघ, जेठ ३० : संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ।

उनहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको संयुक्त राष्टसङ्घीय महासचिव गुटर्रेसका प्रवक्ताले आइतबार विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन्।

साथै उहाँहरुका बीच इरानी आणविक सम्झौतका विषयमा पनि आवश्यक छलफल भएको समाचारमा जनाइएको छ।

त्यस अवसरमा महासचिव गुटर्रेसले हाल यमनमा जारी रहेको भनिएको शान्ति वार्ताका लागि इरानले गरेको सहयोगका लागि इरानलाई धन्यवाद पनि दिएको समाचारमा जनाइएको छ।

त्यसैगरी शक्ति राष्ट्रहरुसँगको इरानको आणविक सम्झौतबारे पनि उनीहरुका बीचमा कुराकानी भएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १३:३७ बजे, सोमबार, जेठ ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्