Kathmandu Press

सिकागोमा गोली प्रहारबाट पाँचको मृत्यु, १६ घाइते

सिकागो, जेठ ३० : अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन्।ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी...
सिकागोमा गोली प्रहारबाट पाँचको मृत्यु, १६ घाइते

सिकागो, जेठ ३० : अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन्।

ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने अरु १६ जना घाइते भएका छन्। 

Hardik ivf

अमेरिकाभरि सुरक्षाका नाममा व्यक्ति व्यक्तिलाई बन्दुक राख्न अनुमति दिने कि नदिने बहस चलिरहेका बेला घटना पनि बढी रहेका छन्।

पछिल्लो समय गोली प्रहारका घटनामा परी धेरैको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। पछिल्लो पटक शनिबार दिउसो १२.१९ बजे साउथ अल्वानीमा भएको घटनामा परी ३७ वर्षिय एक महिलाको हत्या भएको छ।

यात्रा गरिरहेकी ती महिलालाई अपरिचित व्यक्तिले विना कारण गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरी अधिकारीहरुले घटनाका बारेमा अनुसन्धन भइरहेको जनाएका छन्।

यही हप्तान्तमा सिकागोकै अन्य ठाउँहरुमा पनि गोली प्रहारका अन्य घटनाहरु समेत भएको प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित मिति: १३:३४ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्