तनहुँमा माछा मार्ने क्रममा दुईको मृत्यु
तनहुँ, जेठ ३० : माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ।आइतबार साँझ तनहुँमा एकै गाउँका ३५...
तनहुँ, जेठ ३० : माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि तनहुँको भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ।
आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङ (
मामा र फुपूको छोरा) मिलेर माछा मार्ने क्रममा पौडी खेल्दा डुबेर मृत्यु भएपछि यतिबेला गाउँ नै शोकमग्न बनेको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए।
दुवै जना आँखामा राखे पनि नबिझाउने स्वभावका थिए। उनले भने, 'अझै पनि उनीहरुको तस्बीर आँखा अगाडि झलझली घुमिरहेको छ।'
मृतकका आफन्तजनलाई सम्झाइबुझाइ गर्ने पनि भावविह्ल हुँदा सम्माल्न कठिनाइ भएको छ। भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।
प्रकाशित मिति: १३:२२ बजे, सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












