Kathmandu Press

कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर, जेठ ३० : चितवनको रत्ननगर नगरपालिका ५ मगरटोलमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।गैरीबारी रिसोर्ट तर्फ जादै गरेको बा २०...
कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

भरतपुर, जेठ ३० : चितवनको रत्ननगर नगरपालिका ५ मगरटोलमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

गैरीबारी रिसोर्ट तर्फ जादै गरेको बा २० च ४११४ नम्बरको कारको ठक्करबाट स्थानीय बासिन्दा ४२ वर्षीया सेतीमाया घलान अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Hardik ivf

प्रहरीका अनुसार कारको ठक्करबाट ५५ वर्षीया राधीका बोटे घाइते भएकी छन्। उनको मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

कार चालक फरार रहेका छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:५८ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्