कछुवासहित दुई युवक पक्राउ
काठमाडौं, जेठ ३० : नेपाल प्रहरीले कछुवासहित दुई जनालाई पक्राउ गरेका छ।प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौं कीर्तिपुर नगरपालिका–९...
काठमाडौं, जेठ ३० : नेपाल प्रहरीले कछुवासहित दुई जनालाई पक्राउ गरेका छ।
प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले १० वटा कछुवासहित काठमाडौं कीर्तिपुर नगरपालिका–९ बस्ने २५ वर्षीय राज देउला र २० वर्षीय राहुल देउलालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित प्रोटोवेलो क्याफे हाउसमा अवैधरुपमा कछुवा ओसारपसारमा संलग्न उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरी पक्राउ उनीहरुसँग कछुवा १० वटा, विभिन्न कम्पनीका मोबाइल तीन थान, बा ९९ प ४९४४ नम्बरको मोटरसाइकल एक थान बरामद गरेको छ। पक्राउ परेका उनीहरुलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताए।
प्रकाशित मिति: ०८:२९ बजे, सोमबार, जेठ ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












