ब्याजदरदेखि सिसिडी रेसियो घटाउन माग
काठमाडौं, माघ २४ : नेपाल राष्ट्र बैंकसँग उद्योगी, बैकर र सेयर लगानीकर्ताहरूले ब्याजदरदेखि सिसिडी रेसियो घटाउन माग गरेका छन् । राष्ट्र बैंकको मौद्रिक न....

काठमाडौं, माघ २४ : नेपाल राष्ट्र बैंकसँग उद्योगी, बैकर र सेयर लगानीकर्ताहरूले ब्याजदरदेखि सिसिडी रेसियो घटाउन माग गरेका छन् । राष्ट्र बैंकको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको पुर्वाद्र्धमा उद्योगी, बैंकर र सेयर लगानीकर्ताहरूले गभर्नर डा.चिरञ्जिवी नेपालसामू दर्जनौ माग राखेका हुन् ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुङ्गानाले ब्याजदर बजारलाई नै निर्धारण गर्न दिनुपर्ने बताए । बजारमा प्रशस्त तरलता भएमा ब्याजदर घटने जिकिर गर्दै उनले अहिले सिसिडीले गर्दा ठूलो रकम आईडल राख्नु परेको बताए ।
करिब एकसय ५० अर्ब रुपैयाँ त्यसबाट निष्कन सक्ने बताउँदै त्यसमा केही कन्सिडर गरेको खण्डमा तत्कालको आवश्यकता पुरा हुने धारणा राखे । उनले भने “यो दीर्घकालीन समाधान भने होइन, दीर्घकालका लागि रि–फाइनान्सीङलाई नै जोड दिनुपर्छ ।”
सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष ताराप्रसाद फुलेलले सुझाव दिने क्रममा सेयर धितो कर्जा ६५ प्रतिशतबाट बढाएर ८० प्रतिशत पु¥याउन पर्ने बताए । उनले प्राथमिक पूँजीको ४० प्रतिशत लगानी गर्न पाउने ब्यवस्थालाई सतप्रतिशत पु¥याउन पर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले ब्याजदर घटाउन राष्ट्र बैंकले हस्तक्षेप गर्नुपर्ने बताए । ब्यजादरका कारण उद्योगी मारमा परेको बताउँदै गोल्छाले ब्याजदर घटाउनुको विकल्प नभएको बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले फण्ड प्राप्त गर्न नसकेर उद्योगको उत्पादन बढाउन गाह्रो हुँदै गएकाले उद्योगहरूको रि–फाइनान्सीङको लागि सरकारले बण्ड उपलब्ध गराउन बताए ।
तीन वर्षअघि एकसय अर्बको बण्डको व्यवस्था गर्ने भनेर घोषणा भएपनि अहिलेसम्म ३०÷३५ अर्ब मात्र भएको र यसलाई थपेर उद्योगहरूलाई कम्तिमा एक वर्ष रि–फाइनान्सीङ पाउने व्यवस्था गर्नु पर्ने बताए । उनले रि–फाइनान्सीङको रेट महङ्गो भएको बताउँदै त्यसलाई घटाउनु पर्ने जिकिर गरे । कम्तिमा २ प्रतिशत घटाउनु पर्ने उनको भनाइ थियो ।
बैंकर्स अनिलराज भट्टराईले क्वालिटी तरलताको विषय उठेको भन्दै यो समस्याले गर्दा बैंकमा दायित्वतर्फ दबाब देखिएको र त्यसको असर सम्पत्तिमा पनि देखिने संभावना बढेको बताए । उनले वित्तीय र व्यापारिक क्षेत्रमा क्यास साइकलको समस्या देखिएको उल्लेख गरे । सात सय अर्ब तरल सम्पत्ति भएको समयमा बैंकिङ क्षेत्र लिक्वीड हुन नसकेकाले कर्जा व्यवस्थापनको लागि र अहिलेको खराब कर्जा हुन रोक्नका लागि काम गर्नुपर्ने समय आएको बताए ।











-1754206481.jpg)