Kathmandu Press

राजमार्गबाट ५२ लाखको सामानसहित ट्रक नियन्त्रणमा

महोत्तरी, जेठ ३०: सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २...
राजमार्गबाट ५२ लाखको सामानसहित ट्रक नियन्त्रणमा

महोत्तरी, जेठ ३०: सशस्त्र प्रहरी बलले पूर्वपश्चिम राजमार्गबाट लाखौँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ।

जिल्लाको बर्दिबास–४ माइस्थानस्थित सशस्त्र प्रहरीको नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटेको गस्ती टोलीले ५२ लाख १० हजार रुपैयाँबराबरको अवैध सामानसहित आइतबार एकजनालाई पक्राउ गरेको हो। सामान भारतीय सीमानाका भिठ्ठामोरबाट ५० किलोमिटर उत्तरतर्फ बरामद भएको हो। 

Hardik ivf

ना३ख ४७८७ नम्बरको ट्रकमा राखेर पश्चिमतर्फ लैजाँदै गरेको गुट्खा तथा विद्युतीय सामानसहित काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–१ का यमबहादुर श्रेष्ठलाई पक्राउ गरेको बाहिनी मुख्यालयले जनाएको छ।

पक्राउ परेका श्रेष्ठलाई बरामद भएको सामान र ट्रकसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाएको बाहिनी मुख्यालयले जनाएको हो। (रासस)

प्रकाशित मिति: ०७:३३ बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्