Kathmandu Press

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

रामपुर, जेठ ३० : पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ।पाल्पाको रामपुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।...
पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
फाइल फोटो

रामपुर, जेठ ३० : पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ।

पाल्पाको रामपुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो। करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै स्याउलीबजारदेखि तिरतिरेधाराको बीच भागमा पहिरो खसेको छ।

Hardik ivf

रामपुरदेखि काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका लागि छुटेका गाडीहरू र काठमाडौं, वीरगञ्ज, नारायणगढ, कावासोतीलगायतका ठाउँबाट रामपुर आउँदै गरेका गाडी बाटोमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन्।

माथिबाट पहिरो झर्ने क्रम जारी रहेकाले तत्काल बाटो खुलाउने काम जोखिम भएको प्रहरी चौकी केलादीले जनाएको छ।

प्रकाशित मिति: ०७:२० बजे, सोमबार, जेठ ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्