सुनसरीमा सवारी दुर्घटनामा एकको मृत्यु, छ घाइते
इनरुवा, जेठ २९ : सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन्। मृत्यु हुनेमा...
इनरुवा, जेठ २९ : सुनसरीको कोसी गाउँपालिका–५ मा आज सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ६ घाइते भएका छन्। मृत्यु हुनेमा कोसी–७ का पैदलयात्री १८ वर्षीय श्रवणकुमार मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
को २ च ३९९२ नम्बरको जिपले पैदल हिँडिरहेका मेहतालाई ठक्कर दिई मेहता गम्भीर घाइते भएको र जिप अनियन्त्रित भई सडक छेउको रुखमा गएर ठोकिएको थियो। जिपको ठक्करबाट गम्भीर घाइते भएका मेहताको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका जिप चालकसहित छ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २०:२६ बजे, आइतबार, जेठ २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












