Kathmandu Press

धादिङमा करेन्ट लागेर एकको मृत्यु

धादिङमा करेन्ट लागेर एकको मृत्यु

धादिङ, जेठ २९ : दक्षिण धादिङको थाक्रे गाउँपालिका–१ मा एक महिलाको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । बारीमा मकै गोडेर घर फर्कँदै गरेको अवस्थामा बाटोमा हाइटेन्सन लाइनको करेन्ट लागेर ४३ वर्षीया निर्मला घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राम थापाले जानकारी दिए। 

एघार हजार भोल्टेजको तारले रुखमा छोएका कारण करेन्ट लागेको स्थानीयवासीले बताएका छन् । लगातार पानी परिरहेको अवस्थामा बाटो हिँड्दा नै करेन्ट लागेको थियो।

प्रकाशित मिति: १९:०१ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्