Kathmandu Press

भक्तपुरको बोडेमा साहुको हत्या, चारजना पक्राउ

भक्तपुरको बोडेमा साहुको हत्या, चारजना पक्राउ

भक्तपुर, जेठ २९ : मध्यपुरथिमि नगरपालिका–८ बोडेमा स्थानीय ५१ वर्षीय कल्याण साहुको आज हत्या भएको छ । हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले चारजनालाई पक्राउ गरेको छ। 

काठको फर्माले हानेर हत्या गरेको अवस्थामा बोडेको लर्डबुद्ध स्कुल अगाडि निर्माणाधीन टहरामा साहुको शव भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए। प्रहरीले घटनास्थलबाट रगताम्मे भएको फर्मा बरामद गरेको छ । 

घटनाबारे अनुसन्धान गरिरहेको पाण्डेले बताए। प्रहरीले साहुको शव परीक्षणका लागि शिक्षण अस्पताल दुवाकोट पठाएको छ।

प्रकाशित मिति: १८:५५ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्