Kathmandu Press

जी-बब भन्छन्– खुट्टा लागेको छोरा हुँ, बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन

काठमाडाैं, जेठ २९ : चर्चित र्‍याप गायक सुदीप भण्डारी (जी–बब) ले आफूले बुवाआमाविरुद्ध मुद्दा हालेको नभई परिवारबाट स्वतन्त्र हुन माग गरेर निवेदन दिएकाे...
जी-बब भन्छन्– खुट्टा लागेको छोरा हुँ, बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन

काठमाडाैं, जेठ २९ : चर्चित र्‍याप गायक सुदीप भण्डारी (जी–बब) ले आफूले बुवाआमाविरुद्ध मुद्दा हालेको नभई परिवारबाट स्वतन्त्र हुन माग गरेर निवेदन दिएकाे बताएका छन्।

आमाबुवाले सधैं टोकसिरहने भएकाले आफू स्वतन्त्रतापूर्वक बाँच्न पाऊँ भनेर जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको तर मिडियाले मुद्दा भनेर लेखिदिएको उनले बताए।

Hardik ivf

‘मैले स्वतन्त्रता खोजिरहेको हो। त्यसैका लागि कपीमा लेखेर सिडीओमा निवेदन दिएको हुँ। तर सबैले मुद्दा हाल्यो भन्दा समस्या भयो। मेरो भनाइ यत्ति हो कि म खुट्टा लागेको छोरा हुँ। मेरो बुवाआमाले मेरो काममा हस्तक्षेप गर्नुभएन। तर मैले मुद्दा हालेको होइन। निवेदन दिएको हुँ।’

आफ्नो छोरालाई बन्धक बनाएको भन्दै जी–बबका बुवाआमाले र्‍याप गायन आयोजक कम्पनी एएनटिएफविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उजुरी दिएका छन्।

बुवाआमा एएनटिएफविरुद्ध प्रशासनमा जाँदा आफ्नो मानहानी भएको र स्वतन्त्रता पाउनुपर्ने माग गर्दै जी–बबले पनि काठमाडौं प्रशासनमै उजुरी दिएका थिए। उनीहरूले एकअर्काविरुद्ध प्रशासनलाई गुहारेको घटना मिडियामा आएपछि जी–बबले आज पत्रकार सम्मेलन आयोजना गरेका हुन्।

उनले आफू जवान भइसकेको, खुट्टा लागिसकेको भन्दै बाबुआमाले रोक्न नहुने बताए। ‘खुट्टा लागेको छोरो भएकाले जहाँ मन लाग्यो त्यहाँ जान पाउनुपर्छ भनेर मैले भनेको हुँ,’ उनले भने। 

‘मलाई मेरो काम खुसीले गर्दा मेरा बाबुआमाले टोक्नुभएन। काम गर्न दिनुपर्यो,’ उनले भने, ‘मलाई बाबुआमाले बारम्बार पुनःस्थापना केन्द्र हालिदिएको हो। पाँचपटक त म बसेर आएको हुँ।

प्रकाशित मिति: १७:४८ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्