Kathmandu Press

भारतमा  आठ हजार ५८२ नयाँ सङ्क्रमित

भारतमा  आठ हजार ५८२ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, जेठ २९ : भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधिमा आठ हजार ५८२ कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ।
 
हाल भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४४ हजार ५१३ रहेका छन्। यो कुल सङ्क्रमितको ०।०६ प्रतिशत भएको जनाइएको छ। 

शनिबार मध्यरातिसम्म अर्थात् २४ घण्टाको समयावधीमा चार हजार ४३५ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाका कुल सङ्ख्या चार करोड ३० लाख भन्दा बढी पुगेको छ।

अहिले कोरोना भाइरस मुक्ति दर ९८।७१ प्रतिशत रहेको छ। 

कोरोना महामारीको कारण  भारतमाा पाँच लाख २४ हजार ७५७ जना पुगेका छन्। भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड ४५ लाख भन्दा बढी व्यक्तिको परीक्षण भएको छ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो। सो समयदेखि हालसम्म एक अर्ब ९५ करोड ७ लाख भन्दा बढी डोज खोप लगाइएको छ। 

प्रकाशित मिति: १७:०४ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्