Kathmandu Press

सिकलसेलसम्बन्धी अस्पताल खोल्न सांसद चौधारीकाे माग

काठमाडाैं, जेठ २९ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद तेजलाल चौधारीले थारुलाई मात्रै लाग्ने सिकलसेल इमिनिया नियन्त्रणका लागि अनुसन्धानमा मात्रै सीमित नभएर लुम्बिनी...
सिकलसेलसम्बन्धी अस्पताल खोल्न सांसद चौधारीकाे माग

काठमाडाैं, जेठ २९ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद तेजलाल चौधारीले थारुलाई मात्रै लाग्ने सिकलसेल इमिनिया नियन्त्रणका लागि अनुसन्धानमा मात्रै सीमित नभएर लुम्बिनी र सुदूरपश्चिममा त्यस रोगसम्बन्धी अस्पतालसमेत स्थापना गर्न माग गरेका छन्।

विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयकोे विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले तराई–मधेसका थारु जातिको स्वास्थ्यमा सरकारले ध्यान दिन नसकेको तथा सरकारी क्षेत्रका अस्पतालमा सुविधा, जनशक्ति र क्षमता बढाउन आग्रह गरे। 

सांसद चौधरीले सरकारका नियुक्तिमा समावेशीताका आधारमा नियुक्त गर्न पनि आग्रह गरे। एमाले सांसद डा. विजय सुब्बाले सवारी साधनमा इम्बोस्ड नम्बर राख्ने निर्णयले नेपाली भाषालाई समाप्त पार्ने बताए। उनले सरकारले त्यस्ता गलत कार्य गर्न कुनै स्वार्थ समूहले प्रभावित पारिरहेको आशंका व्यक्त गरे। 

माओवादी केन्द्रका सांसद सुरेशचन्द्र दासले मुलुकको अधिकांश बजेट सहरी क्षेत्रमा विनियोजन गरिएको र तर अत्यधिक जनता बसोबास गर्ने गाउँका बासिन्दाको आधारभूत सुविधा दिन सङ्घीयता अनुकूल बजेट विनियोजन हुन नसकेको बताए।

प्रकाशित मिति: १६:१७ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्