Kathmandu Press

प्रदेशस्तरीय किशोरी सम्मेलन : ११ बुँदे घोषणापत्र जारी

म्याग्दी, जेठ २९ : बालअधिकारको संरक्षण, बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा ११...
प्रदेशस्तरीय किशोरी सम्मेलन : ११ बुँदे घोषणापत्र जारी

म्याग्दी, जेठ २९ : बालअधिकारको संरक्षण, बालविवाह, यौनजन्य हिंसा न्यूनीकरण र महिनावारी स्वच्छता कायम गर्ने लगायत किशोरीको शिक्षा, स्वास्थ्य र सुरक्षाका विषयमा ११ बुँदे घोषणापत्र जारी गर्दै गण्डकी प्रदेशस्तरीय किशोरी सम्मेलन म्याग्दीको बेनीमा सम्पन्न भएको छ। 

‘गर्ल्स फस्ट फन्ड’ को आर्थिक सहयोग र धवलागिरि गाउँपालिकाको समन्वयमा संगम म्याग्दीको आयोजनामा म्याग्दी, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, लमजुङका १०० जनाभन्दा बढी किशोरी सहभागीमा शनिबार सम्मेलन सम्पन्न भएको हो।

Hardik ivf

शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षासँग समस्याको पहिचान गरी समाधानका लागि सरोकारवालाको ध्यानाकर्षण गराउन घोषणपत्र जारी गरिएको जिल्लास्तरीय किशोरी सञ्जालकी अध्यक्ष नरदेवी विकले जानकारी दिए। 

किशोर अवस्थामा बिवाह गर्दा हुने असर तथा हानीका बारेमा समुदायस्तरमा सचेतना फैलाउने, २० वर्ष पुगेपछि मात्र विवाह गर्ने, २० वर्षभन्दा कम उमेरमा विवाह हुन लागेको थाहा पाएमा प्रहरीलाई सूचना दिने, जनप्रतिनिधिलाई जानकारी गराउने र कानुनी कारबाहीको दायरामा ल्याउन सघाउने घोषणापत्रमा उल्लेख छ। 

महिनावारी हँुदा प्रयोग गर्ने प्याड विसर्जनका लागि सबै विद्यालयमा इन्सिलेटरको व्यवस्थापन गर्न माग गरेको सम्मेलनमा सहभागीले आराम कक्षको व्यवस्था गर्न स्थानीय तह र विद्यालयलाई अनुरोध गरेका छन्। 

किशोरीमाथि हुने यौनशोषण, हिंसा, बलात्कार अन्त्य, सुरक्षाको सुनिश्चितता र त्यस्ता घटनामा संलग्नलाई कानुनी कारबाहीको माग पनि सो घोषणपत्रमार्फत गरिएको छ। 

महिनावारीलाई प्राकृतिक प्रक्रियाको रुपमा लिन आग्रह गर्दै त्यो अवस्थामा अध्यारो कोठामा थुन्ने, घरबाट बाहिर निस्कन नदिने, मिठो मसिनो खान नदिने अनि यसलाई अन्धविश्वासका रुपमा लिने काम बन्द गर्न सो घोषणापत्रमा माग गरिएको छ।

सम्मेलनमा सहभागीले बालबिबाह नियन्त्रणमा सरकारी निकायबाट सहयोग नपाएको, सामाजिक हिसाबले दबाब आउने गरेको तथा महिनावारीको समयमा विद्यालयमा उचित वातावरण नुहँदा घरमै बस्न बाध्य भएको, यौन दुरव्यवहार भएको बताएका थिए। 

प्रकाशित मिति: १५:२१ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्