Kathmandu Press

भिरबाट लडेर वृद्धको मृत्यु

भिरबाट लडेर वृद्धको मृत्यु

पाँचथर, जेठ २९ : जिल्लाको मिक्लाजुङ गाउँपालिका–६ मा भिरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ। 

शनिबार कन्याटार बजार गएका ७१ वर्षका रिङ्कनाथ आङ्बोहाङ साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा सिङ्गेनी भिरबाट लडेर मृत्यु भएका अवस्थामा स्थानीयवासीले फेला पारेका थिए।

भिरबाट करिब ३० मिटर तल झर्दा आङ्बोहाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

मृतकको शव परीक्षणका लागि स्वास्थ्य केन्द्र रवि ल्याइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, जेठ २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्