Kathmandu Press

उत्तर अफगानिस्तानमा प्रमुख आतङ्ककारीसहित ८ जनाको मृत्यु

काबुल, जेठ २९ : उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह...
उत्तर अफगानिस्तानमा प्रमुख आतङ्ककारीसहित ८ जनाको मृत्यु

काबुल, जेठ २९ : उत्तरी तखार प्रान्तमा विद्रोहीका एक प्रमुख कमाण्डर सहित आठ विद्रोहीको मृत्यु भएको पुष्टि भएको तालिवान नियन्त्रित प्रशासनका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले उल्लेख गरेका छन् ।

तखारको प्रान्तीय राजधानी तालुकान शहरको पुलिस जिल्ला ४ मा गुप्तचर महानिर्देशनालयको विशेष अपरेसनको क्रममा, प्रमुख कमाण्डर युनुस उजबेकिस्तानी सहित आठ विद्रोही मारिएको र उनीहरू लुकेको ठाउँ शनिबार नष्ट गरिएको  मुजाहिदले ट्वीट गरेका छन्।

Hardik ivf

यसैबीच, प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मुबिन साफीले घटनाको पुष्टि गर्दै शनिबार दिउँसो तालुकान शहरमा भएको कारबाहीमा आठ सशस्त्र विपक्षी मारिएको र तीन जना घाइते भएको बताएका छन्।

यद्यपि अधिकारीले सुरक्षाकर्मीको हताहती भए नभएको बारे भने केही बताएनन् । स्थानीयवासीका अनुसार यस कारबाहीमा सुरक्षाकर्मीलाई पनि क्षति पुगेको थियो तर सरकारी सेनाको सम्भावित क्षतिबारे अधिकारीहरूले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, जेठ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्